Poem by Himani
प्रीय म,
आज तिमिलाइ alarm को आवाजले झस्कायो कि
भबिष्यको चिन्ताले ?
ओठको झुटो हासो, आखाभरी आँसु र पराइ सहर
जब तिमी कलेजबाट आउछौ तब पहिला घाटिबाट
भातको गाँस तल झर्छ कि आसुको ढिका?
जब चाहेको कुरामा हिच्किचाउदै पैसा खर्च गर्छौ तब तिम्रो ध्यान गोजिमा जान्छ कि त्यो समयमा
जहाँ बाबासङ्ग जिद्दी गर्दै पैसा खर्च गर्थ्यौ?
आजको बिहान त फोन हेरेर कटाएनौ नि?
आज त कलेज जान छुटाएनौ नि?
अस्ति तरकारी पकाउदा लागेको तेलको डाम अहिले कस्तो छ?
भन, तिम्रो पढाइको काम अहिले कस्तो छ?
आजकल समयमै सकिन्छ कि अझै पनि deadline कुरेर बस्छौ?
assignment आफै लेख्छौ कि copy paste नै गर्छौ ?
यो भिडहरुको सहरमा एक्लोपन महशुश हुदा
कोठाको एक कुनामा बसि किन आँसु खसाल्छौ ?
किन? नया साथी बनाउन सकेनौ ?
पुराना छुटेकालाइ फेरि बोलाउन सकेनौ?
के भयो, आफुलाइ सम्हाल्न सक्दैनौ हो?
म छु नि तिम्रो लागि भन्दै आफैलाइ बुझाउन सक्दैनौ हो?
बुझाउ,
बुझाउ कि कसरी तिम्रो यो कलिलो काधमा
आमाबुवाको भारी सपना छ भनेर
बुझाउ कसरी घर परिवारबाट टाढा आउदा
परिवारको जिम्मेवारी बोक्दै आथ्यौ भनेर
सम्झाउ आफुलाइ यो भिडहरुको बिचमा
तिम्रो आफ्नो कोहि नभए नि म छु भनेर
सम्झाउ आफुलाइ कि यो अप्ठ्यारो रातपछी
सफलताको सुनौलो बिहानी पक्का हुनेछ भनेर !
डर लाग्छ हो? आजको पलपल को हार देख्दा?
नडराउ,
आजको यो हार एकदिन जितको बिकुल बजाउदै आउने छ
को आफ्नो को पराइ समयले बताउने छ
तिम्रो जितमा तिमी भन्दा बढि तिम्री आमा रमाउन छिन
त्यसैले,
आजको पर्बाह नगर; आजको कठिन अँध्यारो
रातपछिको सुनौलो बिहानी तिम्रो पर्खाइमा छ
बस तिमी आजको हारमा नहार्नु !!!
बुझ्यौ नि खुट्टा तान्नेहरु तान्दै गर्छन तर
तिमी अघि सर्नु चाहे मतलबी भनुन सबै जना
तिमी आफुलाइ अल्लि बढी माया गर्नु ।
उहीँ तिम्रो म
हिमानी भट्ट